काठमाडौं १० बाट कांग्रेसका केसीको ‘ह्याट्रिक’

काठमाडौं १० बाट कांग्रेसका केसीको ‘ह्याट्रिक’

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । संविधानसभा निर्वाचन २०७० सालमा तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर संसदीय यात्रा थालेका केसीले लगातार तेस्रोपटक जित हासिल गरेका हुन् ।

बुधबार बिहान सकिएको मतगणनामा कांग्रेसका केसी १४ हजार ४ सय ४८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी एमालेका हिमेश केसीलाई २ हजार ६ सय ६२ मतको अन्तरले पराजित गरेका हुन् । हिमेशले ११ हजार ७ सय ८६ मत प्राप्त गरेका थिए ।

काठमाडौं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रकी उम्मेदवार अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरेर चौथो स्थानमा रहेकी थिइन् । यो निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धन भएको थिएन । कांग्रेसका केसी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *