सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी विजयी

सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी विजयी

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हृदयराम थानी विजयी भएका छन् । उनी ३४ हजार ६ सय २५ मतसहित प्रतिनिधिसभामा विजयी भएका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका थानीले एमालेका जिल्ला अध्यक्ष अमृतकुमार बिसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरेका छन् ।

उनी शेखर कोइरालापक्षीय नेता मानिन्छन् । उनका निकटतम् प्रतिद्वन्द्वी विसीले २९ हजार ५ सय ५८ मत प्राप्त गरे । सुर्खेत–२ मा ७६ हजार ३ सय ५२ मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले बताए । उनका अनुसार थानीले प्रमाणपत्र बुझ्न भने बाँकी छ ।

थानीले योसँगै तेस्रोपटक संसदीय निर्वाचन जितेका छन् । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत भइसकेका छन् ।

२०७४ सालमा एमालेका नवराज रावतसँग पराजित भएका उनले यो पटक गठबन्धनको बलमा एमालेसँग बदला लिएका हुन् । रावतले ३७ हजार ४ सय ४७ मत ल्याएर विजयी हुँदा थानीयले २८ हजार ६ सय ४६ मत प्राप्त गरेका थिए । तेह्रौं महाधिवेशनमा केन्द्रीय सदस्य भएका थानीय चौधौं महाधिवेशनमा भने पराजित भएका थिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *