८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

अर्घाखाँचीमा गठबन्धनले रोकिएन टोपबहादुर रायमाझीको अपराजित यात्रा

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझी प्रतिनिधी सभामा निर्वाचित भएका छन् । रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधी सभा सदस्यमा विजयी भएका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १ हजार ७३० मतान्तरले पराजित गदै रायमाझी विजयी भएका छन् । कुल ९० हजार ९८८ मतमध्ये ४२ हजार ६७५ मत ल्याएर रायमाझीले आगामी पाँच वर्षका लागी सांसद पक्का गरेका हुन् । निकटतम प्रतिद्वन्दी कांग्रेसका भुसालले ४० हजार ९४५ प्राप्त गरिन् ।

अर्घाखाँचीमा गठबन्धन पुर्ण रुपमा असफल देखिएको छ । पाँच दलिय गठबन्धन बनाएर निर्वाचनमा गएपनी रायमाझीको अपराजित यात्रा रोक्न असफल देखिएका छन् । २०६४ र २०७० मा संविधानसभा सदस्य भएका रायमाझी २०७४ मा नेकपा (माओवादी केन्द्र) बाट बाम गठबन्धनको उम्मेदवार भई विजयी भएका थिए ।

तत्कालीन नेकपा विभाजन हुँदा उनी माओवादीमा फर्किएनन् एमाले मै बसे । केपी ओलीको क्याबिनेटको तीनमहिने मन्त्री बनेकै बेला उनलाई माओवादीले कारवाही गरेपछी सांसद पद खोसियो । पाँच वर्षका लागि सांसद बनेका उनी साढे तीन वर्षमा नै पदविहीन बने ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९, फलेपतमा जन्मिएका रायमाझीले २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०४३ मा अनेरास्ववियु छैटौंको केन्द्रीय उपाध्यक्ष र २०४४ सालमा अध्यक्ष बनेका उनी २०४८ मा योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको संस्थापक अध्यक्ष भए ।२०४८ मा पार्टीको केन्द्रीय सदस्य बनेका रायमाझी डा. बाबुराम भट्टराईसँगै एकता केन्द्रमा गए । नेकपा (माओवादी) ले सशस्त्रयुद्ध थालेपछि उनी २०५३ मा अखिल भारत प्रवासको इञ्चार्ज बने । २०५५ मा माओवादीको पोलिटब्यूरो सदस्य बनेका उनी २०७० मा पार्टी सचिवमा निर्वाचित भए ।

तत्कालीन माओवादीमा डा. भट्टराई समूहमा रहेका उनी नयाँ शक्तितिर भने गएनन् । त्यसरी बाबुरामको साथ छाडेका उनलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बनाइदिए । संविधान निर्माणपछि बनेको केपी शर्मा ओली नेतृत्वको त्यो सरकारमा रायमाझीले माओवादीको नेतृत्व गरेका गरेका थिए ।

त्यसअघि २०६६ सालमा उनी भौतिक योजना तथा निर्माण मन्त्री, २०६७ मा स्थानीय विकास मन्त्री र २०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए । हाल नेकपा एमालेका केन्द्रिय सचिव रहेका रायमाझी ओलीका विश्वास पात्र मानिन्छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?