८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

अर्घाखाँचीमा गठबन्धन असफल, एमालेको ’क्लीन स्वीप’

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । अर्घाखाँचीमा बलियो मानिएको गठबन्धनलाई परास्त गर्दै नेकपा (एमाले) ले ‘क्लीन स्वीप’ गरेको छ । एक प्रतिनिधीसभा र दुई प्रदेशसभा रहेको जिल्लामा एमालेले सबै क्षेत्र जित्दै ईतिहास रचेको छ ।

प्रतिनिधीसभामा नेकपा एमालेका केन्द्रिय सचिव टोपबहादुर रायमाझी, प्रदेशसभा ‘क’ मा एमाले केन्द्रिय सदस्य चेतनारायण आचार्य तथा प्रदेशसभा ‘ख’ मा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजी प्रसाद घिमिरेले विजय हासिल गरेका छन् । प्रतिनिधीसभामा रायमाझीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसाललाई १ हजार ७३० मतान्तरले हराएका हुन् । रायमाझीले ४२ हजार ६७५ मत ल्याउँदा भुसालले ४० हजार ९४५ मत मात्र ल्याउन सकिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरीप्रसाद भुसालले ३ हजार १९९ मत ल्याए । प्रतिनिधी सभामा ३ हजार १८० मत बदर भएका छन् ।

प्रदेशसभा ‘क’ मा चेतनारायण आचार्यले ७४० मतान्तरले विजय हासिल गरेका छन् । आचार्यले २० हजार ५१८ मत पाउँदा राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७७८ मत पाए । यस्तै प्रदेशसभा ‘ख’ मा रामजी प्रसाद घिमिरे ८०१ मतान्तर सहित विजयी भएका छन् । घिमिरेले २२ हजार ७७६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका कमल प्रसाद भुसालले २१ हजार ९७५ मत प्राप्त गरे ।

अर्घाखाँचीमा टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित भएका हुन् । रायमाझी २०६४, २०७०, २०७४ र २०७९ गरी ४ पटक विजयी भएका छन्। बिहीबार सार्वजनिक भएको मत परिणाम अनुसार प्रतिनिधिसभामा नेकपा एमालेका केन्द्रीय सचिव रायमाझी, प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेश सभा (ख)मा एमालेका नेता रामजी प्रसाद घिमिरे विजयी भएका हुन्। आचार्य र घिमिरे पनि दोस्रो कार्यकालका लागी निर्वाचित भएका छन् । २०७४ को प्रदेशसभा निर्वाचनमा आचार्य र घिमिरे प्रदेश सांसद थिए । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुल १ लाख ६४ हजार ७६८ मतदाता रहेकामा ९० हजार ९८८ मत खसेको थियो ।

पाँच दलिय गठबन्धन बनाएर चुनावमा होमिएपनी नतिजा पक्षमा पार्न नसकेपछी गठबन्धनका नेता कार्यकर्ता आरोप्रत्यारोपमा उत्रिएका छन् । एकअर्कालाइ दोषारोपण गरेर उम्किने प्रयासमा दलहरु लागेको देखिन्छ । सामाजिक संजालमा एकअर्कालाइ आरोप लगाउने, गालीगलौच गर्ने तथा आक्रोश पोख्न नेता तथा कार्यकर्ताको होडबाजी चलेको छ । गठबन्धन पुर्ण रुपमा असफल भएपछी पार्टीका कार्यकर्ताले नेतृत्व पंक्तीको कडा आलोचना गरेका छन् । विशेषतः नेपाली कांग्रेसका नेता कार्यकर्ता नेतृत्वले प्रभावकारी रणनिती बनाउन नसकेको भन्दै रुष्ट भएका छन् ।

नेपाली कांग्रेसका जिल्ला उपसभापती बिष्णु भुसालले निर्वाचनको गहिरो समिक्षा गरेर अँघी बढ्ने बताए । ‘निर्वाचनमा अपेक्षित नतिजा ल्याउन सकिएन,‘भुसालले भने,‘गठबन्धनले नतिजा दिन सकेन, यसको गहिरो समिक्षा हुन्छ ।’ आरोप प्रत्यारोपमा नलाग्न उनले पार्टीका नेता तथा कार्यकर्तालाइ आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?