अर्घाखाँची: निर्वाचनमा खटिएका म्यादी प्रहरीहरु विदा

अर्घाखाँची: निर्वाचनमा खटिएका म्यादी प्रहरीहरु विदा

निर्वाचनका लागी अर्घाखाँचीमा खटिएका म्यादी प्रहरिहरुलाई विदाइ गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच जिल्लामा खटिएका म्यादी प्रहरिलाइ प्रमाणपत्र वितरण गर्दै विदाइ गरिएको हो । विदाइ कार्यक्रम बोल्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले निर्वाचनलाइ स्वच्छ, शान्त र भयरहित ढंगबाट सम्पन्न गराउन सुरक्षाका हिसाबले म्यादी प्रहरीले खेलेको भुमिकाको प्रसंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले निर्वाचनको समयमा पुराएको योगदानको उच्च मुल्यांकन गर्दै धन्यवाद ज्ञापन गरेका थिए । यो अवधिको सिकाइले सम्पुर्ण म्यादी प्रहरिलाइ उज्जल भविष्यको लागि समेत सहयोग पुराउने बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख डिएसपि मुकुन्द रिजालले म्यादी प्रहरीलाई धन्यवाद व्यक्त गर्दै म्यादी प्रहरीको उज्ज्वल भविष्यको कामना समेत गरेका थिए । यो अवधिमा म्यादी प्रहरीले धेरै कुरा सिकेको भन्दै आफ्नो स्थानमा हुने विकृती र विसंगती विरुद्ध हातेमालो गर्नेमा आफू आशावादी रहेको बताएका थिए ।

अर्घाखाँची जिल्लामा १ हजार १ जना म्यादी प्रहरी खटिएका थिए ।

Exif_JPEG_420

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *