अर्घाखाँची: समानुपातिकमा पनि एमाले पहिलो

अर्घाखाँची: समानुपातिकमा पनि एमाले पहिलो

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा प्रत्यक्ष तर्फ बाजी मारेको नेकपा एमाले समानुपातिकमा पनि अगाँडी देखिएको छ । अर्घाखाँचीको प्रतिनिधीसभा र प्रदेशसभामा ‘क्लीन स्वीप’ गरेको एमालेले समानुपातिकमा समेत पहिलो भएको हो ।

प्रतिनिधीसभा समानुपातिकमा नेकपा एमालेले ३७ हजार ४५० मत प्राप्त गर्दै पहिलो भएको हो । नेपाली कांग्रेसले २६ हजार ८ सय ६५ मत पाउँदै दोस्रो स्थान हासिल गरेको छ । कांग्रेस एमाले भन्दा १० हजार ५८५ मतले पछी छ । ८ हजार ९५१ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको छ । नेकपा माओवादी केन्द्रले भन्दा १ हजार ६०९ मत बढी ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा तेस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले ७ हजार ३४२ मत ल्याएको छ । यस्तै राष्ट्रिय जनमोर्चाले ५ हजार ३२७, नेकपा एकिकृत समाजवादीले १ हजार ६७ मत ल्याएको छ ।

प्रदेशसभामा समेत नेकपा एमाले पहिलो भएको छ । प्रदेश समानुपातिकमा ३७ हजार ७३८ मत ल्याउँदै एमाले पहिलो बनेको हो । नेपाली कांग्रेसले २७ हजार २९८ मत पाएको छ । नेपाली कांग्रेस समानुपातिक मतका आधारमा दोस्रो भएको हो ।

यस्तै नेकपा माओवादी केन्द्रले ८ हजार ३५६, राष्ट्रिय जनमोर्चाले ५ हजार ६२३, नेकपा एकिकृत समाजवादीले १ हजार ३७६, राप्रपाले १ हजार २१० मत पाएका छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (63%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (38%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *