८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

गुल्मी १ मा एमाले पराजित, कांग्रेसका चन्द्र भण्डारी विजयी

गुल्मी २ मा गोकर्ण बिष्टले एमालेको बिरासत जोगाउँदै गर्दा गुल्मी १ मा एमाले पराजित भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रदिप ज्ञवाली नेपाली कांग्रेसका चन्द्र भण्डारीसंग पराजित भएका हुन्।

शुक्रबार दिउँसो सकिएको मतगणना अनुसार एमालेका उपमहासचिब प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। पाँच दलिय गठबन्धन बनाएर निर्वाचनमा होमिएका भण्डारीले ३३ हजार ३५८ मत ल्याएर विजयी हुँदा एमालेका प्रदिप ज्ञवालीले ३१ हजार ७२३ मत ल्याए। १ हजार ६३५ मत अन्तर सहित भण्डारीले संसदको यात्रा तय गरेका हुन्। विगत १५ वर्षयता ज्ञवाली र भण्डारी एकै क्षेत्रमा प्रतिस्पर्धा गर्दै आएका छन्।

ज्ञवाली २०५६ देखि गुल्मीमा चुनाव लडिरहेका छन्। सो निर्वाचनमा ज्ञवालीले कांग्रेसका चन्द्रबहादुर केसीलाई हराएका थिए। यस्तै, २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा ज्ञवालीको प्रतिस्पर्धा पहिलो पटक चन्द्र भण्डारीसँग भयो। ज्ञवालीले भण्डारीलाई २ हजार १५२ मत अन्तरले हराएका थिए। २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने भण्डारीले ज्ञवालीसंग हारको बदला दिएका थिए। ज्ञवालीले १८ हजार ६८१ मत ल्याउँदा भण्डारी २१ हजार १८९ मतसहित विजयी भएका थिए।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने पुनः ज्ञवाली विजयी भए। तत्कालीन बाम–गठबन्धनका उम्मेदवार ज्ञवालीले ३७ हजार ८१४ मत ल्याउँदा भण्डारीले ३० हजार २५६ मत ल्याएका थिए।

गुल्मीमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेका छन्। अन्तिम मतपरिणाम आएपनि निर्वाचनको कार्यालयले घोंषणा गरिसकेको छैन।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?