टोपबहादुर रायमाझीलाई ५ हजार लोकप्रिय मत

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । यही मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधीसभा निर्वाचनमा नेकपा एमालेका केन्द्रिय सचिव टोपबहादुर रायमाझीले ५ हजार बढी लोकप्रिय मत पाएका छन् । उनले प्रत्यक्षमा पाएको मत भन्दा समानुपातिकमा पाएको मत ५ हजारले कम छ ।
रायमाझीले प्रत्यक्षमा ४२ हजार ६७५ मत पाएका थिए । समानुपातिकमा एमालेले जम्मा ३७ हजार ४५० पाएको थियो । जिल्लामा समानुपातिक मत पाउने एमाले पहिलो दल बनेपनि रायमाझीले प्रत्यक्षमा पाएको मत भन्दा ५ हजार २२५ ले कम हो । यो मत रायमाझीको लोकप्रिय मत हो ।
पार्टीले पाएको मत भन्दा ५ हजार २२५ ले प्रत्यक्षमा बढी मत ल्याउनु नै रायमाझीको लोकप्रिय मत भन्ने बुझ्न सकिन्छ ।
टिप्पणी