निर्वाचनमा हारेपनि गाउँ-गाउँमा धन्यवाद दिदैं पुष्पा भुसाल र कमल भुसाल

निर्वाचनमा हारेपनि गाउँ-गाउँमा धन्यवाद दिदैं पुष्पा भुसाल र कमल भुसाल

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । निर्वाचनमा कतीले मत जित्न नसकेपनि मन जित्न सफल हुन्छन् । जय वा पराजय पछी गरिने व्यवहारले मान्छेको असल चरित्र दर्शाउँछ । यही मंसिर ४ गते भएको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा मतले निर्वाचन जित्न नसकेपनि अहिले गाउँगाउँमा मन जितेका छन् प्रतिनिधीसभा उम्मेद्वार पुष्पा भुसाल र प्रदेशसभा ‘ख’ का उम्मेद्वार कमल प्रसाद भुसाल ।

निर्वाचनमा परायज भोगेका उनीहरु मत माग्न गाउँगाउँ हिंडे जसरी नै धन्यवाद ज्ञापन गर्न हिंडेका छन् । प्रायः निर्वाचन जितेपछी होस् या हारेपछी उम्मेद्वारले फर्केर हेर्दैनन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उपसभामुख पुष्पा भुसाल र नेपाली कांग्रेस अर्घाखाँचीका पुर्व पार्टी सभापती कमल प्रसाद भुसाल मतदातालाइ धन्यवाद दिन गाउँगाउँमा हिंडेका छन् ।

आईतवार उनीहरु भुमिकास्थानको खिल्जी, असुरकोट, नुवाकोट लगायतका स्थानमा मतदातालाई धन्यवाद ज्ञपन गर्न पुगेका छन्।

तपाईकाे प्रतिक्रिया

  • खुसी (41%)
  • दुःखी (9%)
  • अचम्मित (5%)
  • हाँस्यास्पद (41%)
  • आक्रोशित (5%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *