अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये १९ जनाको जमानत जफत

अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये १९ जनाको जमानत जफत

यही मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये १९ जनाको जमानत जफत भएको छ ।

तिन पदका लागि चुनाव प्रतिस्पर्धा गरेका २५ जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने प्रदेश सभा (क) र (ख) का पाँच/पाँच जना र प्रतिनिधि सभाका नाै जना गरी १९ जनाकाे जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले बताउनुभयाे ।

अर्घाखाँचीमा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मात्र आफ्नो जमानत सुरक्षित गर्न सकेका छन् ।

सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा कानुनअनुसार धरौटीबापत १० हजार रुपैयाँ जम्मा गरेका हुन्छन् । अर्घाखाँचीमा एक लाख ६४ हजार सात सय ६८ मतदाता रहेकामा ९० हजार नाै सय ८९ मत खसेको थियो । @unn.com.np

तपाईकाे प्रतिक्रिया

  • खुसी (67%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *