स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, मतगणना गर्न आयोगको निर्देशन

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, मतगणना गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । आयोगको आज बुधवार बसेको बैठकले पुनः मतदान नगर्ने र दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उज्यालोलाई जानकारी दिए।

दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुरु गर्न निर्देशन दिइएको आयोगको भनाइ छ । बाजुरामा एमाले र कांग्रेसले छुट्टाछुट्टै गरी २० वटाभन्दा धेरै मतदान केन्द्रमा बुथ कब्जा गरेको भनेर निवेदन दिएका छन् । यस्तै स्याङ्जा २ मा चापाकोट नगरपालिकाका चार वटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् । बुथ कब्जा गरेर कांग्रेसका कार्यकर्ताले मृत्यु भएका र विदेशमा भएका व्यक्तिको समेत मत हालेको एमालेको आरोप छ ।

देशभर औसतमा ६० प्रतिशत मत खस्दा चापाकोटका केही बुथमा कसरी ९८ प्रतिशत मत खस्यो भनेर एमालेले प्रश्न सोधेको छ । स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेकी सचिव पद्या अर्याल र स्वतन्त्र उम्मेदवार टिकराज गुरुङबीच मुख्य प्रतिस्पर्धा छ । यस्तै बाजुरामा नेकपा एमालेका कर्णबहादुर थापा र नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेबीच मुख्य प्रतिस्पर्धा छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *