अर्घाखाँची: निर्वाचनमा उत्कृष्ट भुमिका खेलेकामा सुरक्षा निकायलाई सम्मान

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेससभा निर्वाचनमा उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै जिल्लाका सुरक्षा निकायलाई सम्मान गरिएको छ । प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल, सशस्त्र प्रहरी नायब उपरिक्षक संगम श्रेष्ठ, ईश्वरी बक्स गुल्मका गुल्मपती बासुदेव पंगेनी, अनुसन्धानका प्रहरी नायब उपरीक्षक धिरज बानिया लगायत सुरक्षा निकायका प्रमुख हरुलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुरक्षा प्रमुखहरुलाई निर्वाचन भयरहित तथा शान्तिपुर्ण रुपमा सम्पन्न गराउन उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सम्मान गर्नु भएको हो ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दिपक अधिकारी, प्रशासकिय अधिकृत नुमलाल पन्थी, रमेश भुसाल लगायतको उपस्थिती रहेको थियो ।
टिप्पणी