स्याङ्जा: कांग्रेसका धनराज गुरुङ अँगाडी

स्याङ्जा निर्वाचन क्षेत्र नं २ मत गणना भइरहेको छ । पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । उनले नेकपा नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई ६ सय ५४ मतले पछि पारेका छन्।
कांग्रेसका गुरुङले ३ हजार ९०१ मत पाएका छन् भने एमालेकी अर्यालको ३ हजार २४७ मत रहेको छ । सुरुवाती अवस्थामा १ हजार बढीको अग्रता लिएकी अर्याल अहिले पछि परेकी हुन्।
स्याङ्जा-२ मा गल्याङ नगरपालिकाको वडा नम्बर ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ८ गणना भइसकेको छ भने अहिले भीरकोटकै ९ नम्बर वडाको मत गणना भइरहेको छ ।
यस्तै, स्याङ्जा(२ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् । स्याङ्जा(२ मा एक लाख १६ हजार सात सय ७८ मतदातामध्ये ७० हजार एक सय ९१ मत खसेको थियो ।
टिप्पणी