घरको छतबाट खसेर एक युवकको मृत्यु

घरको छतबाट खसेर एक युवकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ६ मिलरोडमा आफनै घरको छतबाट खसेर एकजनाको युवकको मृत्यु भएको छ। आफ्नै घरको चौथौ तल्लाबाट १७  वर्षीय भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो।

घरबाट खसेर छिमेकीको घर कम्पाउण्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए। घाइतेपछि उपचारको लागि नजिकैको नागरिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

परिसरका सूचना अधिकृत राजु पाण्डेले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटी प्रारम्भिकम अनुसन्धान गरिएको घटनाबारे थप जानकारी लिने काम भइरहेको जनाए।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *