देउवा नेतृत्वले वर्तमान स्थिती सम्हाल्न सक्दैन: चन्द्र भण्डारी

देउवा नेतृत्वले वर्तमान स्थिती सम्हाल्न सक्दैन: चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका छन् । शुक्रवार गुल्मी सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरु शारीरिक रुपले पनि अस्वस्थ भएकाले चुनौतीको समाधान गर्न नसक्ने बताए ।

पार्टी सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वलाई इंकित गर्दै भण्डारीले अब उनीहरुबाट कुनै आशा नरहेको बताए । वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्ने उनले बताए । सरकारको नेतृत्व कस्ले गर्ने भन्नेबारे पार्टीभित्र र गठबन्धन भित्र बसेर सहमति गरिने उनको भनाइ छ ।

पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उनको दाबी छ । जिल्लामा अधुरा तथा नयाँ बिकास निर्माणका कामहरुलाई पूरा गर्नेगरी काम गर्ने भण्डारीले बताए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *