३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

मलाई समानुपातिकमा रोक्न प्रपञ्च गरियो: बिष्णु मुस्कान

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सह-महामन्त्री बिष्णु प्रसाद खनाल ‘मुस्कान’ ले आफुलाई समानुपातिकमा छेक्न जिल्लामा प्रपञ्च गरिएको बताएका छन् । आफु प्रदेश सांसद हुने डरले कुभलो चिताउने नेताहरुले अफवाह फैलाएको आरोप लगाए ।

आफु समानुपातिक सांसद बन्ने लक्ष्यका साथ चुनावी मैदान गएको र हर सम्भव प्रयास गर्दा समेत अनर्गल प्रचार गरिएकोमा दु:खी भएको बताए । अन्तर्घात गरिएका व्यक्तीहरु बाटै आफ्ना कर्तुत लुकाएर अनावश्यक हल्ला लाई प्रसय दिईरहेको उनको भनाई छ । ‘मेरो राजनिती सखाप पार्ने कोशिश भएको छ,उनले भने,‘सिसिटिभी लगायतका कुराहरु पनि आएका छन्, प्रमाणित गरे टुँडिखेलमा झुन्डिन तयार छु ।’

वडागत मतगणना नगरिएको विषयमा पनि आफुलाई नै दोषी देखाउन खोजिएको भन्दै उनले आपत्ती जनाए । सर्वदलिय बैठकमा जानेहरुले यसको जवाफ दिनुपर्ने भन्दै सह-महामन्त्री मुस्कानले आफ्नो संलग्नता नभएको कुरामा समेत मुछिने काम गरिएको भन्दै आपत्ती प्रकट गरे । ‘सर्वदलिय बैठकमा जाने को को हुन् ? तिनीहरुले जवाफ दिनुपर्छ,उनले भने,‘मालारानीमा पुनः मतदान भएकाले राती ३ बजेसम्म म त्यहीं थिंए, मलाई यस विषयमा कुनै जानकारी छैन ।’

लोभ लालच त्यागेर आफु राजनितीमा लागेकाले यस्ता किसिमका कुप्रचार नगरिदिन उनले आग्रह गरेका छन् । दुई वटा स्थाई जागिर छोडेर आफु समाजसेवामा लागेको स्मरण गर्दै उनले राजनितीक बेईमानी आफुबाट नहुने बताए । केही तत्वहरुले आफुलाई गिराउन खोजेको भन्दै यस्ता किसिमका भ्रममा नपर्न उनले सबैमा आग्रह गरेका छन् । अरुलाई माथी गएको देख्न नसक्नेहरुको अभिष्ट पुरा भई सकेकाले अब सन्तोष मानेर भ्रम फैलाउने काम बन्द गर्न उनको आग्रह छ । ‘मलाई सांसद बन्न छेक्ने योजना थियो, त्यो पुरा भईसकेको छ, उनले भने,‘अब नचाहिने कुुरा गर्न छोडे हुन्छ ।’

यद्दपी आफु निर्वाचन परिचालन समितीको संयोजक रहेकाले निर्वाचन पराजयको नैतिक जिम्मेवारी आफुले लिने बताए । निर्वाचनमा घातअन्तर्घात भएका कुराहरुको छानबिन गर्न समिती बनेको भन्दै उनले छानबिन समितीले निष्पक्ष भएर छानबिन गर्न र सत्यतथ्य कुराहरु बाहिर ल्याउन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (29%)
  • दुःखी (21%)
  • अचम्मित (11%)
  • हाँस्यास्पद (24%)
  • आक्रोशित (16%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?