२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

कुकुरले पिसाब फेर्दा एउटा खुट्टा किन उठाउँछ ?

कुकुरहरूले सडक छेउका सवारी साधन, रुख, स्तम्भ वा पर्खालमा पिसाब गर्ने गरेको तपाईंले अक्सर देख्नुभएको होला । तर यो चार खुट्टा भएको जनावरको एउटा बानी छ । तिनीहरू सधैं एउटा खुट्टा उठाएर पिसाब गर्छन् । किन यस्तो रु के तपाईंले कहिल्यै सोच्नुभएको छ । हामी मध्ये कमैलाई यसको पछाडिको कारण थाहा होला, कसैलाई नहोला । आज यसबारे जानकारी लिऔँ

खुट्टा उठाएन भने………..

मुख्य कारण थाहा पाउनुअघि बुझ्नुहोस्, यस्ता चार खुट्टा भएका जनावरहरूको संरचना यस्तो हुन्छ कि एउटा खुट्टा नउठाए उनीहरुको खुट्टामा पिसाब लाग्ने सम्भावना हुन्छ । कुकुरलाई सफा जनावरको रुपमा लिइन्छ । ऊ आफ्नो पुच्छरले जमिन सफा गरेपछि बस्छ । जमिन खनेर आश्रय बनाउँछ । अब खुट्टा उठाएन भने उसको एउटा खुट्टा पिसाबले भिज्छ । त्यसैले पनि उसले यसो गर्छ ।

अर्को कुरा यहाँ के थाहा पाउनुपर्छ भने, कुकुरहरूले पिसाब गर्दा फेरोमोन्स नामक गन्ध निस्कन्छ । विज्ञहरू भन्छन् कि यो गन्ध कुकुर अनुसार फरक हुन्छ ।

अब यसको पछाडिको सामाजिक र वैज्ञानिक कारण बारे जान्नुहोस् । वास्तवमा, कुकुरहरूले एउटा खुट्टा उठाएर स्थिर सतहमा पिसाब फेर्छन् ताकि तिनीहरूले अन्य कुकुरहरूको लागि छाप छोड्न सकून् । हो, यो चिन्ह पिसाबको कारणले होइन, पिसाबको गन्धले हुन्छ । उनीहरुले अन्य कुकुरको नाकको समानान्तर आफ्नो गन्ध छोड्छन् जसलाई सजिलै महसुस गर्न सकियोस् । कुनै उभिएको वा स्थिर चिजमा पिसाब गर्नुको यही कारण हुनसक्छ ।

यो अन्य कुकुरहरूको लागि क्षेत्र विभाजन गर्ने कुरा मात्र थियो । तर यसो गर्दा कुकुरहरूले आफ्नो लागि पनि समस्याको समाधान खोज्छन् । वास्तवमा कुकुरले बाटो बिराए वा टाढा कतै गए भने बाटोमा आफूले फेरेको पिसाबले त्यस क्षेत्रको ठेगाना पत्ता लगाउँछन् । अक्सर तपाईले देख्नु भएको होला कि कुकुरहरुले पिसाब फेरेको स्थान सुँघिरहन्छन् । यो उनीहरुको कुनै बानी नभई एक विशेषता हो ।

कुकुरहरूले पनि आफ्नो सिमाना बनाउँछन् र कसैले घुसपैठ गरेमा भुक्न थाल्छन् वा घेर्छन्। यस्तो अवस्थाबाट बच्न वा अन्य कुकुरहरूलाई चेतावनी दिन कुकुरहरूले खुट्टा उठाएर पिसाब फेर्छन् । यदि तिनीहरूले जमिनमा पिसाब फेर्छन् भने, यो छिट्टै सुक्ने र गन्ध उड्ने सम्भावना हुन्छ, त्यसैले कुकुरहरूले आफ्नो हिसाबले एउटा सही स्थान छान्छन् । कुकुरले एक दिनमा ३ देखि पाँच पटक पिसाब फेर्छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?