निर्वाचन आयोगले आज अन्तिम परिणाम घोषणा गर्ने

निर्वाचन आयोगले आज अन्तिम परिणाम घोषणा गर्ने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को बुधबार अन्तिम नतिजा घोषणा गर्ने भएको छ । मंसिर ४ गते एकै चरणमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न भोलि मंसिर २८ गते बुधबार मध्याह्न १:३० बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगको प्रेस अफिसले जनाएको छ ।

मतदानको १६ दिनपछि २० मंसिरमा प्रतिनिधिसभाको २७५ र प्रदेश सभाको ५५० क्षेत्रको मतगणना सकाएको आयोगले २१ गते दलहरूलाई तीन दिनको समय दिएर बन्दसूचीबाट समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नामावली मागेको थियो । २४ मंसिर अबेर रातिसम्म नामावली बुझाएकामध्ये पाँच दलको सूची त्रुटिपूर्ण थियो । थप दुई दिनको समय पाएका दलहरूले सोमबार सच्याएर नामावली बुझाएका थिए ।

निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम बुधबार घोषणा गर्ने भएको छ । प्रमुख आयुक्त दिनेश थपलियाले दलहरूबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले उनीहरूलाई निर्वाचित गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको बताए ।

यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ ८४ र समानुपातिक तर्फमा ४९ दलले भाग लिएका थिए । प्रतिनिधिसभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, लोसपालगायत १२ दलले प्रतिनिधित्व गर्न पाउनेछन् ।

आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपतिलाई बुझाउने छ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछिन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *