भुमिकास्थान नगरपालिका भित्रका योजना सम्झौता अन्तिम चरणमा, समयमा काम सक्न उपभोक्तालाई आग्रह

भुमिकास्थान नगरपालिका भित्रका योजना सम्झौता अन्तिम चरणमा, समयमा काम सक्न उपभोक्तालाई आग्रह

सेवाग्राहीलाई छिटोछरितो तथा सहज सेवाका लागी भुमिकास्थान नगरपालिकाले सञ्चालन गरिरहेको घरदैलोमा योजना सम्झौता अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले वडाबाटै योजना सम्झौता गरिदिएपछि उपभोक्तालाई सहज भएको छ । भुमिकास्थान नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनौट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद पोख्रेलले जानकारी दिएो ।

एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा–वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले बताए । समयमै योजना सम्पन्न गर्न तथा तोकिएका कागजात लिएर भुक्तानी लैजान उनले आग्रह गरेका छन् ।

नगर र वडाले छनौट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गरिएको उहाँले बताउनुभयो । भुमिकास्थान नगरपालिका वडा नम्बर–१ र २ ढाकावाङ्गका योजना हिजो एकै दिन सम्झौता भएका छन् । कार्यक्रममा नगर प्राविधिक जिवन थापा सेन्चुरी कमर्सियल बैंकका शाखा प्रबन्धक सुरज कंडेल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम वडाध्यक्ष बुद्घी बहादुर थापाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद पोख्रलको प्रमुख आतिथ्यता, वडा सचिव प्रकाश नेपालीको स्वागत मन्तव्य तथा शेषकान्त घिमिरे ‘ओशन’ को सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *