शितगंगामा अवैध ढुंगा सहितको ट्याक्टर नियन्त्रण, २० हजार जरिवान

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा अवैध ढुंगा सहितको ट्याक्टर नियन्त्रणमा लिईएको छ । रोयल्टी नकाटी खोलामा ढुङ्गा चोरी निकासी गर्ने ट्याक्टर नियन्त्रणमा लिईएको शितगंगा नगरपालिकाले जनाएको छ ।
शिगतंगा नगरपालिका वडा नम्बर-११,बेलखोलामा अवैध रुपमा ढुंगा बालुवा निकासी भएको सुचनाको आधारमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा शितगंगा नगरपालिकाको संयुक्त टोलीले अनुगमन गरेको थियो । सोही क्रममा अवैध ढंगले ढुंंगा निकासी गरेको फेला परेपछी तत्काल कारवाहीको दायरामा ल्याईएको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले जानकारी दिए ।
जिल्ला समन्वय प्रमुख जिवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, शितगंगा नगरप्रमुख छविलाल पौडेल, वडाध्यक्ष नवराज भुसाल, राजस्व प्रमुख नुमलाल खनाल, कमल पन्थी लगायतको टोलीले अनुगमनको गरेको थियो । पक्राउ गरिएको ट्याक्टरलाई २० हजार जरिवान तोकिएको नगरपालिकाले जनाएको छ ।
जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय तथा शितगंगा नगरपालिकाको संयुक्त टोलीले अवैध ढुङ्गा बालुवा निकासी रोक्ने उद्देश्य सहित अनुगमन गरेको हो ।