१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

सन्धिखर्क नगरपालिका: स्थानिय सरकार बनेको ७ महिना पछी विषयगत समिती बने

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । स्थानिय सरकार बनेको ७ महिना पछी सन्धिखर्क नगरपालिकाले विषयगत समिती बनाएको छ । लामो समयको विवादपछि विषयगत समितिमा संयोजकको जिम्मेवारी बाँडफाँट गरिएको हो ।

राजनीतिक भागबण्डा नमिलेपछि विवादित बनेको विषयगत समिती टुंगोमा पुग्न सकेको थिएन । अहिले कुरा मिलेपछी कार्यपालिकाको बैठकले समितिको जिम्मेवारी बाँडफाँट गरेको नगरपालिकाले जनाएको छ । लेखा समिति संयोजकमा हुम प्रसाद बञ्जाडे (कांग्रेस), सामाजिक विकास समिती संयोजकमा नारायण खड्का (कांग्रेस), सुशासन समिति संयोजकमा माधव श्रेष्ठ (कांग्रेस), वन तथा वातावरण समिति संयोजकमा जमसेर मियाँ (कांग्रेस) ले जिम्मेवारी पाएका छन् । यस्तै आर्थिक विकास समिति संयोजकमा मोहनसिंह ठकुरी (माओवादी), विधान मस्यौदा समिति संयोजकमा चुरा बहादुर केसी (एमाले) र भौतिक पुर्वाधार विकास समिति संयोजकमा पदम बहादुर भुसाल (एमाले) ले जिम्मेवारी पाएका छन् ।

जनप्रतिनिधीले राजिनती पुर्वाग्रहको बाटो समात्दा सेवा प्रवाह प्रभावित बन्ने गरेका छन् । आ-आफ्नो अडानले समितिहरुले पुर्णता नपाउँदा कार्यसम्पादनमा ढिलाई हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?