अर्घाखाँचीको सन्धिखर्कमा जिल्ला स्तरिय कफी बाली सम्बन्धी तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन ईकाइ अर्घाखाँचीको आयोजनामा भएको ३ दिने तालिममा कफी उत्पादन, बजारीकरण तथा विस्तारका बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेका अनुसार अर्घाखाँची कफी खेतीका लागी उपयुक्त ठाउँ हो । जिल्लामा ४५ हेक्टरमा कफी खेती भईरहेको उनले बताए । २० हजार हेक्टर क्षेत्रफल कफी खेतीका लागी योग्य जमिन रहेको उनले बताए ।
३ दिने तालिमको समापनमा सहभागीको तर्फबाट मन्तव्य राख्दै भएको कृषकहरु पुष्करनाथ बन्जाडे र सविता बन्जाडेले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्ने बताउँदै तालिम प्रभावकारी भएको बताएका छन् । अर्घाखाँची कफी जोनका अध्यक्ष कृष्णप्रसाद पाण्डे प्रमुख अतिथी रहेको कार्यक्रम तालिम संयोजक मनोज खनालको सञ्चालनमा सम्पन्न भएको हो ।
तालिममा २० जना कृषकहरु सहभागी रहेका थिए ।