युक्रेनलाई पुनर्निर्माणका लागि सहयाेग गर्ने पेरिस सम्मेलनकाे प्रतिबद्धता

रुस–युक्रेन युद्धका कारण युक्रेनमा क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणका लागि सहयोग जुटाउन फ्रान्समा अन्तर्राष्ट्रिय सम्मेलन भएको छ । पेरिसमा भएको यो सम्मेलनले युक्रेनका लागि झण्डै एक अर्ब युरो सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
सहायता सम्मेलनमा भेला भएका देशहरूले यस हिउँदमा युद्धग्रस्त देश युक्रेनलाई सहयोग गर्ने निर्णय गरेको फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले सार्वजनिक गरेका छन् । यो सहयोग नयाँ प्रतिबद्धतामध्ये एक रहेको र ऋण नभइ उपहार रहेको उनको भनाइ छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले राजनीतिज्ञ, सहायता निकाय तथा विभिन्न कम्पनीको भेला आह्वान गरेका थिए।
राष्ट्रपति म्याक्रोनले युक्रेनलाई समर्थन गर्न आउँदा दिनमा पनि निरन्तर प्रयास गर्ने बाचा गरेका पनि समाचार संस्था एएफपीले जनाएको छ।
टिप्पणी