२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

दीपक-दीपाले निर्माण गरेको फिल्महल वैशाख १ गतेदेखि सञ्चालनमा आउने

दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको मल्टिप्लेक्स फिल्म हल आगामी वैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको छ । आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुने उक्त हल नयाँ बानेश्वर चोकमा बनेको नयाँ बानेश्वर सेन्टरमा सञ्चालन हुनेछ । मंगलबार बिहान उक्त मलको शुभारम्भ भयो ।

शुभारम्भ समारोहमा दीपक, दीपा र निर्मल शर्मा उपस्थित रहे । यी तीनैजनाले ‘छक्कापञ्जा ४’मा सहकार्य गरिरहेका छन् । तर ‘छक्कापञ्जा ४’ले फागुन १९ लाई प्रदर्शन मिति घोषणा गरिसकेकाले दीपक(दीपाकै हलमा उक्त फिल्मको ओपनिङ हुनेछैन ।

दुईवटा अडिटोरियम रहेको हलमा दुई–दुई सय दर्शक क्षमता छ । वैशाख १ गते रिलिज हुने फिल्महरु जारी, नाइँ नभन्नु ल ६ र भगवत् गीताको कारण यो नयाँ हलले राम्रैसँग दर्शक तान्ने अपेक्षा छ । नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका काठमाडौंमा योसहित दुई फ्रेन्चाइज पुगेका छन् भने यसअघि पोखरा, बुटवल र चितवनमा पनि हलले आउटलेट विस्तार गरेको छ ।

यसैबीच, ‘छक्कापञ्जा ४’को बाँकी छायांकन पुस १ गतेदेखि सुरु हुने भएको छ । निर्माता तथा अभिनेता गिरीले काठमाडौं र उपत्यकाबाहिर केही ठाउँमा बाँकी सुटिङ हुने जनाए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?