१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

नेपाल पत्रकार महासंघ अर्घाखाँचीको साधारणसभा सम्पन्न

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको पन्ध्रौं साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ । पत्रकारहरुको हकहितमा लाग्ने, उनीहरुको क्षमता अभिवृद्धी गर्ने तथा समान ढंगले क्रियाशिल पत्रकारहरुलाई महासंघमा आबद्ध गराउने प्रतिबद्धता सहित साधारणसभा सम्पन्न भएको अध्यक्ष अशोक खनालले जानकारी दिए ।

डिभिजन बन कार्यालयको सभा हलमा सम्पन्न साधारणसभाको उद्घाटन सत्र कार्यक्रममा बोल्दै प्रमुख अतिथी पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले पत्रकारहरुले पत्रकारको मर्यादा भित्र रहेर राज्यलाई उज्यालो बाटो देखाउने काम गर्नुपर्ने बताए । पाण्डेले पछिल्लो समय पत्रकार माथी पनि धेरै प्रश्नहरु उठिरहेको बताउदै पत्रकारले पत्रकारिता आचारसंहितालाई विषेश ख्याल गर्नुपर्ने बताए । पत्रकारहरुले तथ्यपरक समाचार मात्र प्रशारण प्रकाशन गर्न आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य राधा नेपालीले प्रेस स्वतन्त्रताको लागि निरन्तर आन्दोलनमा रहने बताईन् । उनले अर्घाखाँचीमा पुरुषको तुलनामा महिला पत्रकारको कमी रहेको बताउदै महिलालाई पत्रकारिता पेशामा संरक्षण गर्न आवश्यक रहेको बताईन । नयाँ आउने पत्रकारलाई आधारभुत कुराहरुको ज्ञान दिनुका साथै पत्रकारहरुको क्षमता अविवृद्धि गर्नको लागि तिनै तहको सरकारले बजेट विनियोजन गर्नुपर्ने बताईन् ।

नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीले पत्रकार सुद्धिकरणको अभियानमा रहेको बताउदै राजनैतिक दल तथा अन्य पेशा व्यवसायमा लागेकाहरुले पत्रकार महासंघको सदस्यता लिएको भएमा स्व-घोषणा गरी सदस्यता नविकरण नगरी व्यवसायीक पत्रकारिता पेशा गर्ने व्यक्तिलाई सदस्यता दिन आग्रह गरे ।

कार्यक्रममा सहभागी वक्ताहरुले महासंघ सबै पत्रकारको साझा संस्थाको रुपमा अगाडी बढ्नुपर्ने बताएका थिए । पत्रकारहरुले समाचार प्रसारण तथा प्रकाशन गर्दा आचारसंहितालाई ध्यान राख्नुपर्ने पनि बताएका थिए । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पत्रकार महासंघकि केन्द्रिय सदस्य राधा नेपाली, जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान), नेकपा एमालेका जिल्ला सहसचिव सम्भु पोखरेल, नेकपा माओवादी केन्द्रका सन्धिखर्क नगरपालिका इन्चार्ज कृष्णहरि भुसाल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल, एकिकृत समाजवादीका सहसचिव युवराज पौडेल, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्षहरु निमबहादुर रिजाल, शोभाखर पन्थी, हिम जिसी (लेकाली) लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा सचिव विनोद गैरेले प्रगती प्रतिवेदन, कोषाध्यक्ष रुन्द्रमणि भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । बन्द सत्रमा महासंघले जिल्लामा संचालीत मिडियाको तथ्याङ संकलन गर्ने, निर्माणाधिन भवन सम्पन्न गर्न पहल गर्ने,सदस्य सृदृढीकरणको पहल गरि नयाँ सदस्य थप गर्नको लागि मापदण्ड तय गर्ने, पत्रकार पुरस्कारको लागि कोष स्थापना गर्ने लगायतका निर्णय पनि गरेको छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र, तथा मालारानी ५ का वडाध्यक्ष तिलकराम मिश्रलाई सम्मान समेत गरिएको छ । महासंघका सदस्य रहेका दुई जना उच्च पदमा पुगेकाले उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रमा जिलाका ६ वटै पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायत संघ संस्थाका प्रमुख, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता, उपाध्यक्ष वीरेन्द्र केसीको स्वागत मन्तव्य, सचिव विनोद गैरेको संचालनमा सम्पन्न भएको थियो । यस्तै बन्दसत्र महासंघका पुर्व अध्यक्ष शोभाखर पन्थीको अध्यक्षता तथा सहसचिव हृदय भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?