१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

चिडियाखानामा तीन वटा चिम्पाञ्जीलाई गोली हानेर मारियाे

स्वीडेनको एउटा चिडियाखानाले तीन चिम्पाञ्जीलाई गोली हानेर मारेको र अर्कोलाई घाइते बनाएको भन्दै चौतर्फी आलोचना भएको छ । फुरुभिकमा रहेको चिडियाखानाबाट भागेका चिम्पाञ्जीलाई चिडियाखानाकै कर्मचारीले गोली हानेर मारेको घटना सार्वजनिक भएपछि आलोचना भएको हो ।

उनीहरुलाई शान्त पार्ने कयौँ उपाय हुँदाहुँदै पनि गोली हानिएको प्रत्यक्षदर्शीले बताएका बीबीसीले जनाएको छ । चिडियाखाना बन्द रहेको अवस्थामा चिम्पाञ्जी लगायतका जनावर भागेपछि कर्मचारीले एकाएक गोली हानेका थिए । चिडियाखानाले भने विज्ञप्ति निकालेर चिम्पाञ्जीहरु धेरै नै खतरनाक भएको र मानिसहरुको ज्यान खतरा परेपछि गोली हानिएको दाबी गरेको छ ।

तर ३० वर्षसम्म जनावरहरूसँग काम गर्ने एक पूर्व केयरटेकरले चिडियाखानाले निकै अव्यावहारिक काम गरेको बताउनुभएको समाचारमा उल्लेख छ ।चिम्पाञ्जीलाई मारेको विरोधमा वर्षौँदेखि चिडियाखानालाई सहयोग गर्दै आएको लुन्ड विश्वविद्यालयले आफ्नो सहयोग बन्द गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?