नेपाली कांग्रेसका नेता एवं काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन् ।
शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए । उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे । उनले निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने बताए। नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताए । उनले मत प्राप्त गरेपनि अब आम नागरिकको मन जित्न जरुरी रहेको बताए।
नेता पौडेलले भने, ‘हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ । हामीले ५ वर्ष भित्र पूरा गरेर देखाउनेछौँ । यो असाध्यै चुनैतीपूर्ण छ । हामीले मत प्राप्त गर्यौं अब मन जित्न जरुरी छ । जिताइयो अब यसले मात्रै सबैथोक गर्छ भनेर नछोडिदिनुहोला । तपाईंहरुको नै साथ चाहिन्छ । हामीले भनेका कुरा पूरा गर्न जरुरी छ । हाम्रा प्रतिवद्धतामा हामी अडिग छौँ । राजनीतिक व्यथितिको अन्त्य गर्नेछौँ ।’