नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा पार्टीले कसैसँग सम्झौता नगर्ने बताएका छन् । समाजिक सञ्जाल ट्विटरमा उनले देश, जनता र संविधानप्रति दिल दिमागदेखि पूर्ण प्रतिवद्ध भएको व्यक्ति राष्ट्रपति बन्नुपर्ने भन्दै यो कुरामा कांग्रेसले कसैसँग सम्झदता गर्न नसक्ने बताए ।
दलहरुले दलीय आवद्धता भन्दा बाहिरका व्यक्तिलाई विभिन्न शक्तिकेन्द्रको स्वार्थमा राष्ट्रपति बनाउन खोजेको भन्दै केही दिनयता सार्वजनिक रुपमा विरोध र आलोचना भइरहेको छ ।
त्यसै सन्दर्भमा शनिबार विहान खड्काले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो रु मेरो प्रष्ट धारणा छ-राष्ट्रपति देश, जनता र संबिधानसभाले बनाएको संविधानप्रति दिल-दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध भएको ब्यक्ति बन्नुपर्छ, यो कुरामा नेपाली कांग्रेस पार्टी कसैसंग सम्झौता गर्न सक्तैन, गर्नुहुदैन ।’