पाकिस्तान सुपर लिगमा नेपाली खेलाडी बिकेनन्

पाकिस्तान सुपर लिगमा नेपाली खेलाडी बिकेनन्

सन् २०२२ को एसिया कप विजेता श्रीलंकाका वानिन्दु हसरंगा र भानुका राजापाक्षेसहित इङ्ल्यान्डका आदिल राशिद, अष्ट्रेलियाका म्याथ्यु वेड, न्यूजिल्याण्डका अलराउन्डर जिमी निशाम र दक्षिण अफ्रिकाका ताब्राजिज शामसीले पाकिस्तान सुपर लिगमा डेब्यु गर्ने भएका छन्।

आगामी फेब्रुअरी १३ देखि मार्च १९ सम्म चार शहरमा हुने पाकिस्तान सुपर लिगका लागि बिहीबार ड्राफ्टबाट विभिन्न टोली खेलाडी  भित्र्याएका छन्। हसरंगालाई सन् २०१९ च्याम्पियन क्वेटा ग्लेडिएटर्सले लिएको छ भने सन् २०१७ को विजेता पेशावर जाल्मीले राजापाक्षेलाई आफ्नो टिममा अनुबन्ध गरेको छ। वेडलाई २०२० च्याम्पियन कराँची किंग्सले छनोट गरेको छ। यी तीनै जनालाई प्लाटिनयम विधामा छनोट गरिएको हो।

२०२१ र २०२२ को टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोलीमा रहेका निशमले जाल्मीबाट खेल्ने भएका छन्। मुल्तान सुल्तानले आदिल रशिदलाई टोलीमा राख्दा इमरान ताहिर र ताबरिज शाम्सीलाई कराँची किंग्सले टोलीमा छनोट गरेको छ। तीनै खेलाडीलाई पूरक राउण्डबाट छनोट गरिएको थियो।

यस्तै पाकिस्तान जुनियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका तीन किशोरहरूलाई पनि तीन फरक फ्रान्चाइजीहरूले छानेका छन्।  मर्दान वारियर्सका एमल खान क्वेटा ग्लाडिएटर्सले, ग्वादर शार्क्सका अराफात मिन्हासलाई मुल्तान सुल्तान्सले र बहावलपुर रोयल्सका शावाइज इरफानलाई लाहोर कलन्दर्सले छनोट गरेको थियो।

ड्राफ्टमा १० खेल्ने देशका ३६ विदेशी खेलाडी छनोट भएका छन्। जसमा इङ्ल्यान्डका १०, अफगानिस्तानका ५, न्युजिल्यान्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका ४-४, अष्ट्रेलियाका ३, आयरल्याण्ड र श्रीलंकाका २-२, नामिबिया र जिम्बाब्वेका १-१ खेलाडी ड्राफ्टबाट छानिएका छन्।

ड्राफ्टमा परेका ३ नेपाली  खेलाडीलाई भने कुनै पनि टोलीले राखेनन्। नेपालबाट सोमपाल कामी, ओपनर अर्जुन साउद र सरद भेसवारले ड्राफ्टमा नाम दर्ता गराएका थिए।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *