अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे शिशुको शव फेला परेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १, गुन्टेखोला नजिक कुकुरले खाँदै गरेको अवस्थामा बेवारिसे शिशु फेला परेको प्रहरी कार्यालयले जनाएको छ।
बच्चा कस्को हो र के कारणले बेवारिसे छोडिएको हो भन्ने बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचाना अधिकारी कृष्ण घिमिरेले बताए । एक प्रत्यक्षदर्शीका अनुसार शिशुको शारीरिक बनावट हेर्दा उमेर पुगेर नै जन्मिएको अनुमान गर्न सकिन्छ ।
उक्त शिशु छोरा रहेको छ । कुकुरले आधा बच्चा खाईसकेको अवस्थामा स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ ।