संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन्।

सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र समर्थक पूर्णबहादुर खड्का रहेका छन् भने महामन्त्री थापाको प्रस्तावक नेता शेखर कोइराला, समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहेका छन् ।

कांग्रेस संसदीय दलको नेताको चुनाव पुस ६ गते भोलि बुधवार हुँदैछ । मतदान बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसरमा हुनेछ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *