पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डको कब्जामा

पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डको कब्जामा

पाकिस्तानसँगको टेस्ट क्रिकेट शृङ्खला इङ्ग्ल्यान्डले ‘ह्वाइट वास’ गरेको छ । कराँचीमा आज मङ्गलवार सकिएको तेस्रो टेस्ट क्रिकेट आठ विकेटले जितेसँगै तीन खेलको शृङ्खला इङ्ग्ल्यान्डले ‘ह्वाइट वास’ गर्न सफल भएको हो ।

तेस्रो टेस्ट जित्न पाएको एक सय ६७ रनको लक्ष्य इङ्ग्ल्यान्डले आज चौथो दिनको पहिलो सेसनमा मात्रै दुई विकेट गुमाएर भेटायो । उसका बेन डकेट ८२ रनमा नटआउट रहे । पाकिस्तानका अबर अहमदले दुई विकेट लिए ।

यसअघि पहिलो खेल ७४ र दोस्रो खेल इङ्ग्ल्यान्डले २६ रनले जितेको थियो । १७ वर्षपछि टेस्ट क्रिकेट खेल्न पाकिस्तान पुगेको इङ्ग्ल्यान्डले सबै खेल जितेर यात्रा सुखद बनाएको छ । पाकिस्तानले टेस्ट इतिहासमा पहिलाे पटक आफ्नै भूमिका ह्वाइट वास बेहाेरेकाे हाे ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *