ट्विटरकाे प्रमुख कार्यकारी पदबाट राजीनामा दिने एलन मस्कको संकेत

ट्विटरकाे प्रमुख कार्यकारी पदबाट राजीनामा दिने एलन मस्कको संकेत

ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले जतिसक्दो छिटो पद छाड्ने संकेत गरेका छन् । ट्वीट गरेर उनले सकेसम्म छिटो राजीनामा दिने बताए।

ट्विटर खरिदपछि आफैं प्रमुख कार्यकारी अधिकृत सीईओ बनेका मस्कले यसअघि ‘के म ट्विटरको प्रमुख पदबाट हट्नुपर्छ ?’ भनेर प्रश्न राख्दै हो वा होइनमा क्लिक गर्न आह्वान गरेका थिए । ट्विटरका एक करोड ७५ लाख प्रयोगकर्ताले मतदान गरेकामा ५७ दशमलव ५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२ दशमलव ५ प्रतिशत मत परेको थियो ।

अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले सीईओ पदबाट राजीनामा दिने संकेत गरेका हुन् । याेसँगै उनले ट्विटरकाे सफ्टवेयर र सर्भर टिममा जाेडिने बताए। मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका समेत मालिक छन् ।

अक्टोबर २७ मा ट्विटरको प्रमुख भएदेखि मस्क बारम्बार विवादमा आइरहेका छन् । कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको,  पत्रकारहरूलाई प्रतिबन्ध लगाएको र पहिले निः शुल्क सेवाहरूको लागि अहिले शुल्क लिन खोजेपछि उनि विवादित छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *