२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतमा उच्च सतर्कता

चीनलगायत धेरै देशमा कोरोना सङ्क्रमणको बढ्दो केसलाई ध्यानमा राख्दै केन्द्रीय स्वास्थ्य सचिवले जिनोम सिक्वेन्सिङ बढाउन निर्देशन दिएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार, केन्द्रीय स्वास्थ्य सचिवले राज्यहरूलाई भने, ‘जापान, अमेरिका, कोरिया, ब्राजिल र चीनमा अचानक बढेको केसलाई ध्यानमा राख्दै, पोजेटिभ केसहरूको जीनोम सिक्वेन्सिङ बढाउनु आवश्यक भएको छ किनभने यहाँ नयाँ भेरियन्टहरू हुन सक्छन् र यसले ट्र्याक गर्न सहज हुनेछ ।’

समाचार एजेन्सीका अनुसार स्वास्थ्य सचिवले लेखेका छन्, ‘सबै राज्यहरूलाई सम्भव भएसम्म सबै पोजेटिभ केसहरूको नमुनाहरू विभिन्न राज्य र केन्द्र शासित प्रदेशहरूमा अवस्थित जीनोम सिक्वेन्सिङ प्रयोगशालाहरूमा प्रत्येक दिन पठाइने सुनिश्चित गर्न अनुरोध गरिएको छ।’ आधिकारिक श्रोतका अनुसार बुधबार बिहान ११ बजे अन्तर्राष्ट्रिय अवस्थाको जानकारी लिनेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?