२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

ओली निर्विरोध एमाले संसदीय दलको नेता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। मंगलबार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन भएका हुन्।

‘अध्यक्षज्यू संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ,’ उपाध्यक्ष विष्णु पौडेलले  सेतोपाटीसँग भने। संसदीय दलको नेता चुनिएपछि ओलीले सांसदहरूलाई आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन्।

संसदलाई अकर्मण्यताबाट बचाउनका लागि एमालेका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। जनतासँगको सम्बन्ध पनि थप प्रगाढ बनाउन उनले सांसदहरूलाई निर्देशन समेत दिएका छन्। प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन्।
तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?