३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

खनालले विद्यालय र मृगौला पिडितलाइ आर्थिक सहयोग गरेर जन्मदिन मनाए

अनावश्यक खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गइरहेका बेला मलारानी गाउँपालिकाका शोभाखर खनालले भने विद्यालय र मृगौला पिडितलाइ आर्थिक सहयोग गरेर जन्मदिन मनाएका छन् ।

नेपाली कांग्रेस मलारानीका गाउँपालिका सभापती समेत रहेका खनालले जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर-३ को सुन्दरा निम्नमाध्यमिक विद्यालय खनदहका ३ विद्यार्थीलाई जनही ५००-५०० का दरले आर्थिक सहयोग प्रदान गर्नुका साथै ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री, फलफुल साथै विद्यालयलाइ १ थान फिल्टर उपलब्ध गराएका छन् ।

यस्तै खनालले जन्मदिनकै अवसरमा मालारानी गाउँपालिका वडा नं. ५ निवासी मृगौला पिडित विनोद चौहानलाई २ हजार ५ सय २५ रुपैया समेत सहयोग गरेका छन् । जन्मदिनमा अनावश्यक खर्च गरि मनाउनु भन्दा सामाजिक कार्यमा खर्च गरेको खनालको भनाइ छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल खनाल मालारानी ३ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?