कांग्रेस संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेस संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।
आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनबाट देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।
देउवाले ६४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापाले २५ मत पाएका छन्। मतदानमा ८९ जना सांसद सहभागी भएका थिए।
टिप्पणी