३ साउन २०८१, बिहिबार
३ साउन २०८१, बिहिबार

अस्पताल रहेका माधव नेपाललाई देउवा र प्रचण्डले भेटे

त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् ।

आज बुधवार दिउँसो देउवा र प्रचण्डले उपचाररत नेपाललाई भेटेका हुन् । उनीहरूले नेपालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै स्वास्थ्य लाभको कामना गर्नुभएको देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई रुघा खोकी, ज्वरो र छातीमा सङ्क्रमण देखिएपछि हिजो मङ्गलवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?