२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

ओली निवास बालकोटमा प्रचण्ड

सरकार गठनबारे छलफल गर्न नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुेगेका छन् । प्रचण्ड सरकार गठनबारे छलफल गर्न पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङसहित ओली निवास बालकोट पुगेका छन् । अहिले उनिहरू छलफलमा छन् ।

आजै बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि प्रचण्ड बालकोट पुगेका हुन्। नेकपा विभाजनपछि प्रचण्ड पहिलो पटक बालकोट पुगेका हुन्। अहिले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको बैठक बालकोटमा सुरु भएको छ ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि ओलीसँग भेट गरेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?