२५ मंसिर २०८१, मङ्लबार
२५ मंसिर २०८१, मङ्लबार

देउवा गठबन्धन जाेगाइ राख्न सफल हुनुहुनेछ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारूढ गठबन्धन जोगाइ राख्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

आज आइतवार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएपछि मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले गठबन्धन देशको आवश्यकता भएको जिकिर गर्दै त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेको बताए ।

माओवादीका अध्यक्ष प्रचण्डको पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि प्रचण्ड बैठकबाट बाहिरिएका थिए । तर मन्त्री कार्कीले फेरि केहीबेरपछि बैठक बस्ने र सहमति हुने दाबी गरे ।

उनले भने, ‘गठबन्धन अहिले देशको आवश्यकता हो । केही समयपछि फेरि बैठक सुरु हुन्छ र हामी एउटा निर्णयमा पुग्छौँ । हामीले गठबन्धनलाई जोगाइ राख्न प्रयासरत छौँ । प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

मन्त्री कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने बताए। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेको एक हप्ताको समय आजै बेलुकी ५ बजे सकिँदैछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?