सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’

सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’

गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै गीतको म्युजिक भिडिओ सार्वजनिक गरिएको हो। कार्यक्रममा निर्माण टिमसँगै जुम्लाबाट प्रतिनिधिसभामा विजयी सांसद ज्ञानेन्द्र शाही, सरसफाई अभियन्ता केपी खनाल, सागर ढकाल लगायतको उपस्थिती थियो।

जुम्लामा छायांकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन्। संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन्। सार्वजनिक भिडिओमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र रोशन केसीको अभिनय छ।

मिस पबी अर्थात् पबित्रा साकी डडेल्धुराको स्थानीय भाषा बोलेर टिकटकमा चर्चित छिन्। उनको टिकटकमा करिब ९ लाख फ्लोअर्स छन्। गायक गिरीकै कथा र परिकल्पनामा तयार भएको भिडिओलाई शिशिर खातीले निर्देशन गरेका हुन्। विवेक विकले छायांकन गरेको म्युजिक भिडिओलाई दिवा तामाङले कोरियोग्राफी गरेका छन्।

गीतको भिडिओ गायक गिरीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *