‘छक्कापञ्जा ४’ को छायांकन चल्दै

‘छक्कापञ्जा ४’ को छायांकन चल्दै

फिल्म ‘छक्कापञ्जा ४’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार वसन्तपुरबाट फिल्मको छायांकन सुरु भएको हो । दोस्रो चरणको छायांकनको पहिलो दृष्य दीपकराज गिरीले दिए ।

दुई साता छायांकन सेडुलसहित सुरु भएको फिल्म काठमाडौं भित्रै खिचिनेछ । फिल्म चिसो समयमै खिच्नुपर्ने भएकोले अहिले सुटिङ सेडुल राखिएको हो । पहिलो चरणमा फिल्मको ८० प्रतिशत छायांकन पूरा भइसकेको थियो । त्यसको १० प्रतिशत दृश्य फेर्नुपर्ने भएकोले अहिले ३० प्रतिशत छायांकन हुने कलाकार समेत रहेका निर्माता दीपकराज गिरीले बताए ।

समसामयिक राजनीति विषयमा निर्माण हुन लागेको फिल्मका निर्देशक हेमराज बिसी हुन् । फागुन १९ गते फिल्म प्रदर्शनमा आउने फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र केदारप्रसाद घिमिरे छन् ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *