सन्धिखर्क स्वास्थ्य शिविरमा ११ सय बिरामीले लाभ लिए

सन्धिखर्क स्वास्थ्य शिविरमा ११ सय बिरामीले लाभ लिए

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा २ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। निशुल्क औषधिसहितको शिविरबाट करिब ११ सय जना बिरामीले स्वास्थ जाँच गराएको नगरपालिकाले जनाएको छ।

शिविरमा पेट, मुटु, छाति र छाला हार्डजोनीसहित १३ प्रकारका रोगका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले जनकारी दिए ।सन्धिखर्क २ को बेल्बाटीमा आयोजना गरिएको शिविरमा आर्थिक अवस्था कमजोर भएर बुटवलसम्म उपचार गर्न जान नसकेका नागरिकलाई समेत समावेश गरेर शिविरको आयोजना गरिएको उनले बताए। शिविरमा जिल्लाका अन्य पालिकाकाका बिरामीले पनि सेवा लिएको उनको भनाइ थियो । बिरामीको अवस्था हेरी सोही स्थानमा भिडियो एक्सरे पनि गरिएको उनले बताए ।

शिविरमा चौराह हस्पिटल प्राली बुटवलले प्राविधिक सहयोग समेत गरेको थियो । कार्यक्रम उपलब्धीमुलक भएको नगरपालिकाले जनाएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *