सरकारले जनता र राष्ट्रको पक्षमा काम गर्नुपर्छ: पिताम्बर भुसाल

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसालले अब बन्ने सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । जनताको तिव्र ईच्छालाई पुरा गर्न सरकार सफल हुनेमा पनि उनले विश्वास व्यक्त गरे ।
अनपेक्षीत रुपमा सत्तामा पुगेको नेकपा एमालेले गठबन्धनलाई तोड्न सफल भएपछी सरकारमा सामेल भएको हो । यो समिकरण बनेपछी अर्घाखाँची पोष्टलाई प्रतिक्रिया दिंदै अध्यक्ष भुसालले जनताले सोंचे जस्तो, खोजे जस्तो काम सरकारले गर्नुपर्ने बताए । सकारात्मक रुपमा प्रचण्ड नेतृत्वमा हिंजो सरकार गठन भएको भन्दै उनले अब काम पनि सकारात्मक रुपमा अँघी बढ्ने बताए ।
भुसालले कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएपछी यो समिकरण बनेको बताए । ‘कुनै दलको स्पष्ट बहुमत थिएन,उनले भने,‘दुई वा त्यो भन्दा बढी दल मिलरै सरकार बनाउनु पर्ने बाध्यता थियो, बन्यो ।’ निर्वाचनमा गठबन्धनलाई जनताले नरुचाएको भन्दै उनले गठबन्धन जनताबाट अनुमोदित नभएको बताए । जनताबाट तिरस्कृत भएको गठबन्धन नेतृत्वमा सरकार बन्नुभन्दा अहिले बनेको समिकरण उत्तम रहेको बताए ।
राजनितीमा स्थाई शत्रु-मित्र नहुने भएकाले प्रचण्डलाई स्विकार गरेर एमालेले एकताबद्ध गराउन सफल भएको उनले बताए ।