रास्वपाले काम कसरी गर्नुपर्छ भन्ने पाठ सिकाउँछ: हरी प्रसाद भुसाल

रास्वपाले काम कसरी गर्नुपर्छ भन्ने पाठ सिकाउँछ: हरी प्रसाद भुसाल

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला प्रमुख हरी प्रसाद भुसालले सरकारमा सामेल हुने निर्णय स्वागत योग्य रहेको बताएका छन् । जनताको पक्षमा काम गर्ने प्रतिबद्धता सहित सरकारमा जानु सकारात्मक कुरा रहेको उनको भनाई छ ।

सामाजिक संजालमा राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित विभिन्न टिकाटिप्पणी भईरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीबाट प्रतिनिधीसभामा निर्वाचन समेत लडेका भुसालले यसलाई आलोचनाको विषय नबनाई सकारात्मक लिनुपर्ने बताए । ‘निर्वाचन जित्नुभएको छ साथीहरुले,उनले भने,‘अब काम हेर्ने कि ? आलोचना गरेर बस्ने ?’ अझै केही टुंगो नलागेको भन्दै उनले सुरुवाती चरणमै आलोचनामा उत्रिनु हतास मानकिता रहेको बताए ।

निरन्तरताको पक्षमा आफुहरु नरहेको भन्दै भुसालले सरकारमा जाने, बदनाम हुने र फर्कने मात्र नगर्ने बताए । जनताको समस्या, राष्ट्रको समस्या सम्बोधन हुनेगरी आफ्नो पार्टीका मन्त्री तथा सांसदहरुले भुमिका निर्वाह गर्ने कुरामा विश्वस्त रहन उनले आग्रह गरेका छन् । ‘जिम्मा पाएको मन्त्रालय र जिम्मा पाएको काममा तलमाथी हुँदैन,उनले भने,‘भनेजस्तो नभए र नेतृत्वले हस्पक्षेप गरे सरकारबाट बाहिरिन्छौं ।’ पुरै परिवर्तन सम्भव नभएपनी पार्टीले काम कसरी गर्नुपर्छ भन्ने पाठ सिकाउने उनले बताए ।

जनतालाई केन्द्रबिन्दुमा राखेर नयाँ अनुहारहरुले काम गर्नेमा उनले विश्वास व्यक्त गरे ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (80%)
  • दुःखी (20%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *