उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउने बताएका छन् । गृहमन्त्रीका रुपमा सपथ खाएपछी मन्त्रालय पुगेका लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउने पहिलो निर्णय गरेका छन् ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।