देउवाले बालुवाटार छोडे

देउवाले बालुवाटार छोडे

निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवासबाट सरेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएको आइतवार प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा बालुवाटरको सरकारी निवास छोडेका हुन् ।

बूढानीलकण्ठमा रहेको निजी निवास अहिले मर्मत भइरहेकाले उनी धुम्बाराहीमा रहेको भाडाको घरमा सरेका उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । देउवा २०७८ साल असार २८ गते पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारी निवासमा बस्दै आएका थिए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *