रत्नराज्य क्याम्पसमा झडप : ४ जना विद्यार्थी नेता घाइते

रत्नराज्य क्याम्पसमा झडप : ४ जना विद्यार्थी नेता घाइते

काठमाण्डौको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य क्याम्पसमा अखिलका विद्यार्थीबीच झडप हुँदा ४ जना विद्यार्थी नेताहरु घाइते भएका छन् । स्ववियु चुनावको विषयमा विद्यार्थी संगठनका नेताहरुबीच झडप हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको विद्यार्थी नेताहरुले बताएका हुन् ।a

रत्नराज्य क्याम्पसको अनेरास्ववियूका विद्यार्थी नेताहरुमाथि खुकुरी प्रहार हुँदा आरआर क्याम्पस अनेरास्ववियुका अध्यक्ष मदन भण्डारीसहित कमिटीका उपाध्यक्ष लोकेश खड्का, सदस्य हर्क बोहरा र अनेरास्ववियु नेता रवि मगरलगायत घाइते भएको आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले बताए। उनले अध्यक्ष भण्डारीको अवस्था भने चिन्ताजनक रहेको बताए। घाइतेहरुको अहिले काठमाण्डौ मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

सभापति शाहीले खुकुरी प्रहार गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र उनीहरु आरआर क्याम्पसका विद्यार्थी संगठनमा नरहेको पनि बताए । उनले आरआरमा खुकरी प्रहार गर्नेहरु रहेको खण्डमा निलम्बन गर्ने पनि बताए ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *