१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

अख्तीयार दुरुपयोग अनुसन्धानमा अर्घाखाँचीका ११ वटा उजुरी

अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलमा यस आर्थिक बर्षमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ५ सय ६० उजुरी परेका छन् । गत बर्षका दुइ सय १० र यस बर्षका ३ सय ५० गरी कुल ५ सय ६० उजुरी परेकोमा २ सय ३३ फर्छयौट भएको र तीन सय २७ उजुरीको छानविन भैरहेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलका उपसचिव रामकृष्ण अधिकारीले जानकारी दिए ।

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा बढी मुद्धा रुपन्देहीका २ सय १७ र सबै भन्द्या कम रोल्पाको एक वटा मात्र रहेको छ । रुपन्देही पछि कपिलबस्तुका ९६, पाल्पाका ९५ उजुरी परेका थिए । परेका उजुरीको फर्छयौट भएपछि अहिले रुपन्देहीमा १ सय २३, कपिलबस्तुमा ६२, पाल्पामा ५५,गुल्मीमा ३७, नवलपरासी ३०, अर्घाखाँचीमा ११, प्युठानमा ८ र रोल्पामा १ वटा उजुरीको छानविन भैरहेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलले अर्घाखाँचीको सन्धिखर्कमा गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उपसचिव अधिकारीले बताए ।

अख्तीयारमा दुख दिने नियतले समेत उजुरीहरु पर्ने गरेको बताउदै अर्घाखाँचीका स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालय प्रमुखहरुलाई नियम संगत काम गर्न अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका सचिव योगेन्द्र प्रसाद पाण्डेले आग्रह गरे । स्टिमेट तथा मुलयांकन अनुसार फिल्डमा काम भएको छ छैन हेरेर मात्र रकम भुक्तानी गर्न कार्यालय प्रमुख तथा लेखापाल लाग्नु पर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, शितगंगा नगरपालिकाका नगर प्रमुख छबिलाल पौडेल, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (67%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (33%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?