न्यूनतम साझा कार्यक्रमको मस्यौदा ५ दिनभित्र ल्याउने सरकारको तयारी

न्यूनतम साझा कार्यक्रमको मस्यौदा ५ दिनभित्र ल्याउने सरकारको तयारी

सत्ता गठबन्धनको आज बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र तयार पार्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका अध्यक्षहरुको बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र तयार पार्ने निर्णय गरेको हो ।

मस्यौदाका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति बन्ने भएको उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले जानकारी दिए । समितिका लागि हरेक राजनीतिक दलले सदस्य तोक्ने निर्णय भएको छ । आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने सहभागी थिए ।

बैठकमा मन्त्रीपरिषद् विस्तारबारे पनि छलफल भएको छ । मन्त्रीमण्डल बिस्तार गर्दा योग्यताको आधारमा बिस्तार गर्ने भन्ने विषयमा पनि छलफल भएको गृहमन्त्री लामिछानेको भनाइ छ । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै छलफल र सम्वाद तिब्र पारेका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

त्यस्तै आजको बैठकमा प्रदेश सरकारमा शक्ति बाँडफाँडको बारेमा पनि छलफल भएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *